एडुटेक इन्टरनेश्नल प्रा.ली. ले पायाे हाेरीयनकाे Best Partner Award

एडुटेक इन्टरनेश्नल प्रा.ली. ले पायाे हाेरीयनकाे Best Partner Award

काठमाडौँ शुक्रबार क्यान महासंघले आयोजना गरेको बी टू बी समिट २०२४ मा टाइटल स्पोन्सर समेत रहेको एडुटेक इन्टरनेश्नल प्रा.ली. ले होरीयन इन्टेलीजेन्ट टेक्नोलोजी को. ली. बाट एशियाकै होरीयनको बेस्ट पार्टनर अवार्ड पाएको

सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी शुब्बा गुरुङको प्रमुख आतीथ्यमा गरीएको उक्त कार्यक्रममा विभिन्न देशबाट ब्राण्डको प्रतिनिधित्व गर्दै स्पेशल गेष्टको रुपमा उपस्थीती रहेको थियो त्यस्तै देशको विभिन्न भागबाट बी टु बी व्यवसायीहरुको बाक्लो उपस्थीती रहेको थियो जस अन्तर्गत होरीयन इन्टेलीजेन्ट टेक्नोलोजी को.ली. बाट पनि कम्पनीको प्रतिनिधित्व गर्दे केल्भीन उपस्थीत थिए यसैबीच एडुटेक इन्टरनेश्नल प्रा.ली. का प्रमुख कार्यकारी अधिकृत जितेन्द्र पोद्दार ले केल्भीन बाट उपाधी ग्रहण गर्नुभयो  

उक्त समारोहमा बोल्दै एडुटेक इन्टरनेश्नल प्रा.ली. का प्रमुख कार्यकारी अधिकृत जितेन्द्र पोद्दार ले होरीयन ब्राण्डको प्रयोगले End UserB2B पार्टनरलाई सन्तुष्ट बनाएको तथा आगामी दिनमा अझै थप सेवा सुबिधा मार्फत सहज बनाउने प्रतिबद्दता व्यक्त गर्नुभयो । उहाँले विद्यालयले चाहँदा चाहँदै पनि आर्थीक स्रोत को अभावले स्मार्टबोर्ड राख्न नसक्ने बाध्यतालाई सहजीकरण गराउने उद्देश्यले EMI Facility पनी उपलब्ध गराउने जिकिर गर्नुभयो । साथै होरीयनले स्मार्ट बोर्ड मात्र नदिएर आवश्यकता अनुसारको सम्पुर्ण सामाग्री पनी स्मार्टबोर्डमै राखेर प्याकेज दिने बताउनु भयो । प्याकेज अन्तर्गत विद्यालयको लागी Classroom Solution र अफिस हरुको लागी Business Solution प्रदान गरीने जानकारी दिनुभयो ।

एडुटेक इन्टरनेश्नल प्रा.ली. ले विगत आधा दशक देखी होरीयन ब्राण्डको इन्टरयाक्टीभ स्मार्ट बोर्ड मार्फत नेपालका विभिन्न शैक्षिक संस्था तथा कर्पोरेट अफिसहरुका लागी सेवा दिदै आइरहेको छ ।