क्यान इन्फोटेक २०२४ मा हाेरीयन नेपालकाे इन्टरयाक्टिभ स्मार्ट बाेर्ड प्रर्दशन

क्यान इन्फोटेक २०२४ मा हाेरीयन नेपालकाे इन्टरयाक्टिभ स्मार्ट बाेर्ड प्रर्दशन

काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ सम्पन्न भएको छ। राजधानीको भृकुटीमण्डपमा माघ २५ देखि २९ गतेसम्म भएको यो प्रदर्शनी क्यान इन्फोटेकको २९औं संस्करण हो। 

                    मेलामा सहभागी हाेरीयन नेपालले हाेरीयन ब्रान्डकाे सुपर इन्टरयाक्टीभ स्मार्ट बाेर्ड प्रद्रर्शनमा राखेकाे छ ।  प्रविधिमैत्री  िवद्यालय र स्मार्ट पठनपाठनकाे लागी अहिले स्मार्टबाेर्ड राख्न स्कुल तथा कलेजहरूकाे हाेडबाजीनै रहेकाे देखिन्छ । विभिन्न साइज तथा स्पेशीफिकेशनमा पाइने हाेरीयन बाेर्डकाे मुख्य प्रयाेगकर्ता स्कुल, कलेज तथा कर्पाेरेट संस्थाहरू रहेका छन । 


                           फिजिकल तथा अनलाइन क्लास साथै अनलाइन मटिङकाे लागी पनि हाेरीयन बाेर्ड उपयूत्त रहेकाे हाेरीयन नेपाल का इन्जिनियर मुकेश भण्डारी ले जानकारी दिनुभयाे । साथै स्मार्ट लर्नीङकाे लागी स्मार्ट बाेर्ड अपरीहार्य रहेकाे पनि जिकिर गर्नभयाे । अरूभन्दा के प्रीथक छ? भन्ने प्रश्नमा उहाँले, हाेरीयनले बाेर्ड सँगै इन्टर्याक्टिभ लर्निङ सफ्टवाेयर नी प्रदान गर्ने बताउनु भयाे । जसमा विद्यार्थीले विषयगत अध्ययनलाइ खेलकाे रूपमा अध्ययन गर्न पाउनेछन । जसले गर्दा पढाइमा उत्सुकता छाउने र मानसीक बाेज कम हुने बताउनुभयाे । साथै अनलीमीटेड क्लाउड स्टाेरेज, ४८ मेगा पीक्सलकाे ए. अाइ. क्यामेरा लगाएतका नयाँ सुविधाले हाेरीयनकाे बाेर्ड अलग रहेकाे भण्डारीले जानकारी दिनुभयाे । 

                                हाेरीयन नेपालले  प्रयाेगकर्ताकाे सहजताकाे लागी निःशुल्क डेलीभरी, प्रशिक्षण सँगै ३ वर्षकाे वारेन्टी र लाइफटाइम सर्भिस सपाेर्टकाे पनी व्यवस्था रहेकाे जानकारी दिनुभयाे । 

भिडियाेकाे लागी Click गर्नुहाेस

भिडीयाे श्राेतः केन्द्रविन्दु अनलाइन