होरीयन ले ल्यायो स्मार्टबोर्डमा किस्ताबन्दी अफर !!
काठमाडौँ । प्याबसन ललितपूरको १६ औँ जिल्ला अधिबेशनको एक कार्यक्रममा एडुटेक इन्टरनेश्नल प्रा.ली सँग प्याब्सन अन्तर्गतका सबै विद्यालयलाई कसरी प्रविधिमैत्री बनाउने भन्ने विषयमा छलफल तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार सम्पन्न भएको उक्त कार्यक्रममा ललीतपूर प्याब्सनका पदाधिकारी लगाएत विद्यालय प्रतिनिधीहरुको बाक्लो उपस्थिति थियो । उक्त कार्यक्रमका प्रमुख अतिथी तथा प्याब्सनका अध्यक्ष डि के ढुंगाना ज्यूले मन्तब्य राख्नुभएको थियो । समारोह वीच ढुंगानाले विद्यालयलाई प्रविधिमैत्री र विद्यार्थीलाई स्मार्ट अनी इनोभेटीभ बनाउनको लागी सहि ठाउँमा लगानी गर्नपर्ने बताउनु भयो । उहाँले स्मार्टबोर्डले यस कुरामा महत्वपुर्ण भुमीका खेल्ने जानकारी दिनुभयो ।
यसैवीच एडुटेक इन्टरनेश्नलका तर्फबाट कम्पनीका प्रोडक्ट इन्जिनीयर मुकेश भण्डारीले आफ्नो प्रस्तुती दिनुभएको थियो । उहाँले कक्षाकोठामा स्मार्टबोर्डको महत्व तथा शिक्षण सिकाई कृयाकलाप मा स्मार्टबोर्डले खेल्ने भुमीकाको विषयमा चर्चा गर्नुभएको थियो । एडुटेक इन्टरनेश्नल प्रा.ली ले बिक्री गर्दै आएको मल्टीनेश्नल ब्राण्ड होरीयनू स्कुल कलेज हरुले ढुक्क सँग प्रयोग गर्न मिल्ने विश्वसनीय ब्राण्ड रहेको बताउनु भयो । उहाँले विद्यालयलाई नै विषेश लक्षीत गरी होरीयनको क्लासरुम सोलुशनको प्याकेज उपलब्ध गराएको जानकारी दिनुभयो । जसमा होरीयनको स्मार्टबोर्डको खरीदमा कक्षा नर्सरी देखी कक्षा १० सम्म नेपाल सरकार द्धारा मान्यता प्राप्त पाठ्यक्रममा आधारीत सबै विषयहरुको इन्टरयाक्टीभ कन्टेन्ट रहेको मिडासको इ. लाइबे्ररी प्याकेज पनि सित्तैमा प्रदान गरीने जानकारी दिनुभयो ।
यसैबीच विद्यालयलाई आर्थीक भारमा सहजीकरण होस भन्ने हिसाबले किस्तामा पनि स्मार्टबोर्ड राख्न पाईने व्यवस्था एडुटेक इन्टरनेश्नल प्रा.लीले गरेको भण्डारीले जानकारी दिनुयो । साथै सित्तैमा डेलीभरी, जडान तथा स्मार्टबोर्ड चलाउने तालीम पनी कम्पनीले उपलब्ध गराउने र उक्त स्मार्टबोर्ड को ३ बर्ष पूरा रिप्लेसमेन्ट ग्यारेन्टी रहेको र आजिवन सर्भिस सपोर्ट रहेको बताउनु भयो । यो अफर एडुटेकले केहि समयको लागी ल्याएको हो ।



















